हामीलाइ फेसबुकमा लाइक गर्नुहोस्ः https://www.facebook.com/bbcsajhasawal
----------------------------------------
दोहामा रहेको नेपाली दुतावासका अनुसार कतारमा करीव तीन लाख रहेको खास कतारीको जनसंख्याभन्दा धेरै संख्यामा नेपाली कामदारहरू छन् । नेपाली कामदार अग्ला घर बनाउनेबाहेक खेती किसानी, उँट र भेडा गोठालादेखि सरसफाइ, ड्राइभिङ, सुरक्षा गार्डलगायतका काम गर्छन् ।
काममा सुख दुःख त जहाँ पनि हुन्छ । हामीले भेटेका नेपाली कामदारहरू आफ्नो कामबाट सन्तुष्ट देखिए तर काममा दुःख पाउनेहरू पनि त्यत्तिकै छन् । खेती किसानी गर्ने भेंडिगोठमा बाख्रा चराउनेहरूलाई भेट्न हामी दोहा शहरभन्दा बाहिर मजरासम्म पुग्यौं ।

व्यवसायी कामदारलाई दोष दिन्छन् । उनीहरूका अनुसार काम नसिकी, भाषा, काम र स्वास्थ्यको विचार नगरी आउने भएकाले कामदार नै समस्या भएको गुनासो गर्छन् । कामदारहरू भने आफूलाई भनेजस्तो सेवा सुविधा नदिने व्यवसायीलाई दोषी ठान्छन् । दुतावासको कामलाई नजिकबाट नियालिरहेकाहरू भने दुतावास र राजदूतले प्रभावकारी रूपमा काम गर्न नसकेको आरोप लगाउँछन् । कतारमा लामो समयदेखि काम गर्ने र यहाँको नेपाली कामदारको गतिविधी नियालिरहेकाहरू भने अन्य देशको तुलनामा नेपाली कामदारले कठीन काम गर्ने तर सो अनुसारको ज्याला नपाउने बताउँछन् ।